महालक्ष्मी नगरपालिकामा तपाईलाई स्वागत छ l

करिब २६ बर्ग किमि फैलिएको महालक्ष्मी नगरपालिका ललितपुर जिल्लाको दक्षिण पूर्वतर्फका साविकाका ५ गाविसहरु इमाडोल ,टिकाथली, सिद्धिपुर,लुभू र लामाटार समेटेर नेपाल सरकारले मिति २०७१ मङ्सिर १६ गते को निर्णय अनुसार गठित नगरपालिका हो । यस नगरपालिकाको कुल जनसंख्या राष्ट्रिय जनगणना २०६८ अनुसार ६२,१७२ रहेको छ । जसमा महिला ३१,१०१ र पुरुष ३१०७१ रहेको छ ।नगरको साक्षरता करिब ८२ प्रतिशत रहेको छ । नगरको कुल जनसंख्यामा नेवार ३३.७९ क्षेत्री २८.६९ ब्राह्मण १३.४७ तामाङ्ग ७.९३ मगर ४.६७ र अन्य जाति ११.४५ प्रतिशत जातीय बसोबासको अवस्था रहेको छ ।