महालक्ष्मी नगरपालिकाको श्रम बैंक (सार्वजनिक विकास निर्माणमा दैनिक तथा ज्यालादारी मज्दुरहरुलाई श्रमसँग जोड्ने योजना) अनुरुप महालक्ष्मी नगरपालिका वडा नं ८ मा सञ्चालित श्रममा आधारित रोजगार कार्यक्रमको झलक ।

महालक्ष्मी नगरपालिकाको श्रम बैंक (सार्वजनिक विकास निर्माणमा दैनिक तथा ज्यालादारी मज्दुरहरुलाई श्रमसँग जोड्ने योजना) अनुरुप महालक्ष्मी नगरपालिका वडा नं ८ मा श्रममा आधारित रोजगार कार्यक्रम विगत चार दिन देखि सुरु गरिएको छ। सो कार्यक्रममा वडा नं ८ को जधः कुलो मर्मत कार्य, लुभु प्राथमिक स्वास्थ्य केन्द्र र वडा कार्यलय परिसर सरसफाई कार्य र चसिडोल ठाडो बाटोको कुलो सरसफाई कार्यहरु भइरहेको छ ।