मिति २०७७/१०/०२ गते महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूबाट यस नगरपालिकाको वडा नं ६ मा नेपाल रेडक्रस सोसाईटी सिद्धिपुर उप-शाखा भवन, नेमकुल ठूलो सना गुठीको भवन र पोठा गुठी भवन निर्माणको शिलान्यास गर्नुभएको छ । उक्त शिलान्यास कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापाज्यू, वडा नं ६ का वडा अध्यक्ष श्री बासुदेव महर्जनज्यू, वडा नं ७ का वडा अध्यक्ष श्री नकुल थापाज्यू लगायत अन्य जनप्रतिनिधिहरु, समाजसेवी तथा स्थानीय वडावासीहरुको उपस्थिति रहेको थियो ।
मिति २०७७/०९ /२४ गते महालक्ष्मी नगरपालिका ललितपुरकाे आ.व.२०७७/०७८ काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार वडा नं.१-५ सम्मका कृषकहरुकाे लागि कौशी खेती कार्यक्रम संचालन गरी कौशी खेती र कम्पाेष्ट वीन तथा कम्पाेष्ट मलकाे तयारी बारे जानकारी दिँदै नगर क्षेत्र भित्रका २९ जना कृषकहरुलाई कम्पाेष्ट वीन सेट ५०% मुल्य अनुदानमा वितरण तथा २४ जना कृषकहरुका लागि ५०% मुल्य अनुदानमा कौशी खेती सेट वडा नं. १ काे सभाहलमा एक कार्यक्रमका बिच वडा न.
मिति २०७७/०९ /२१ गते महालक्ष्मी नगरपालिका ललितपुरकाे कृषि विकास शाखाकाे आ.व.२०७७/०७८ काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार दाेश्रो चौमासिक कार्य अवधिकाे "कृषि औजार उपकरण तथा वीउ विजन वितरण कार्यक्रम" नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा नगर उप प्रमुख श्री निर्मला थापाज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटाज्यू, वडा नं ९ का वडा अध्यक्ष श्री बासुदेव शर्मा गौतमज्यू, वडा नं ८ का वडा अध्यक्ष श्री विश्वराज श्रेष्ठज्यू लगाएत कृषि विकास शाखाका शाखा प्रमुख र कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुखज्यूले कृष
काठ्माडौं उपत्यकाको विशेष गरी ललितपुर क्षेत्रलाई खानेपानी वितरण गर्ने उद्देश्यले मिति २०७७/०९/१० शुक्रवार महालक्ष्मी नगरपालिकाका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ, गोदावरी नगरपालिकाका नगर प्रमुख श्री गजेन्द्र महर्जन, पूर्व माननीय श्री मदन अमात्य, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक श्री संजीव विक्रम राणा, KUKL का CEO श्री मिलन शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री विष्णु कोइरला, महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटा लगायत सम्पूर्ण निकायका प्राविधिक कर्मचारीबाट मकवानपुर जिल्ला स्थित कोगटे र सिस्नेरी खोलाको अवलोक
मिति २०७७/०९/११ गते महालक्ष्मी नगरपालिका वडा नं ९ स्तरीय सरसफाइ समितिको संयोजकत्व र श्री भैरव श्रृजनशिल टोल विकास संस्थाको सहकार्यमा "फोहर मैला व्यवस्थापन तथा झाडी सुधार कार्यक्रम" सम्पन्न भयो। कार्यक्रममा सम्बोधन गर्नुहुँदै ९ नं वडाका वडा अध्यक्ष श्री बासुदेव शर्मा गौतमज्यूले वडा स्तरीय सरसफाइ अभियानको निरन्तरता स्वरूप आयोजित कार्यक्रममा स्थानीयहरूको उपस्थिति र सहभागिता उत्साहजनक रहेकोमा सबैलाई धन्यवाद दिनुहुँदै हरेक टोल टोलमा यस प्रकारका कार्यक्रमको आयोजना गरिने र जनमानसमा सरसफाइ र फोहोर व्यवस्थापन सम्बन्धी जनचेतना अभिवृद्धि गर्दै वडा तथा नगरलाई नै स्वच्छ, सफा र सुन्दर बनाउने लक्ष्य रहेको
आज मिति २०७७/०९/०१ गते महालक्ष्मी नगरपालिका ललितपुर र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सहकार्य गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । समझदारी पत्र महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यू र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरणकुमार श्रेष्ठज्यूले हस्ताक्षर गर्नुभएको छ । उक्त कार्यक्रममा महालक्ष्मी नगरपालिका ललितपुरका नगर उपप्रमुख श्री निर्मला थापाज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटाज्यू, वडा अध्यक्षज्यूहरु, राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, बागमती प्रादेशिक कार्यालयको प
महालक्ष्मी नगरपालिका, ललितपुरको आयोजनामा “विद्यालयतहमा प्रयोगात्मक परीक्षा तथा परियोजनामा आधारित शिक्षण सिकाई पद्धति सञ्चालन निर्देशिका २०७६” को ५ दिने प्रबोधिकरण तालिम ( २०७७ मार्ग २२ गतेदेखि २६ गतेसम्म) को समापन कार्यक्रम नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षतामा, नेपाल सरकारका सहसचिव श्री रामबन्धु सुवेदीज्यू, नगर उप-प्रमुख श्री निर्मला थापाज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटा, महालक्ष्मी नगर शिक्षा समितिका सदस्यहरु पाठ्यक्रम विकास केन्द्रका विषय विज्ञ तथा अधिकृतहरु, महालक्ष्मी नगरपालिकाका सबै सामुदायिक संस्थागत र गुठी विद्यालयका प्र.अ./प्रिन्सिपलहरु, सामुदायिक/स
महालक्ष्मी नगरपालिका ललितपुरको नगरस्तरीय योजना अन्तर्गत कृष्ण मन्दिर - टिकाथली हुँदै चाङ्गाथली जोड्ने मूल सडकको गोदावरी खोलामा पुल निर्माणको Beam, Slab ढलान कार्यको नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले अनुगमन गर्नुभएको छ। उहाँले बाँकी निर्माण कार्य समयमै सम्पन्न गरी पुल सुचारु गर्न आवश्यक निर्देशन दिनुभएको थियो।
उक्त पुल निर्माणको विभिन्न चरणमा नगर प्रमुखज्यू, नगर उपप्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षज्यूहरु र जनप्रतिनिधिज्यूहरुको साथै नगरपालिकाको कर्मचारीहरूले नियमित अनुगमन गर्नुका साथै आवश्यक निर्देशनहरू दिनुभएको थियो।