यस महालक्ष्मी नगरपालिकाको जनप्रतिनिधिहरुको सम्पर्क विवरण कसरी पाउन सकिन्छ?
महालक्ष्मी नगरपालिकाको आधिकारिक वेवसाइटको नेभिगेसन बारमा रहेको परिचय सेक्सन भित्रको “जनप्रतिनिधि विवरण” मा क्लिक गरी यस नगरपालिकाको सबै जनप्रतिनिधिहरुको सम्पर्क विवरण प्राप्त गर्न सकिन्छ ।अथवा, कुनै web-browser खोलि www.mahalaxmimun.gov.np/ne/elected-officials URL टाइप गरी पनि सो विवरण सजिलै प्राप्त गर्न सकिन्छ ।
उत्तर: व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईँसराईँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ ।
२. व्यक्तिगत घटना दर्ता गर्नु जरुरी छ छैन ?
उत्तर: जरुरी छ । व्यक्तिले राज्यबाट पाउने सेवा सुविधा र हक स्थापनाका गर्न कानून बमोजिम गर्ने व्यवहारका लागि व्यक्तिगत घटना दर्ताका प्रमाणपत्र जरुरी हुन्छ ।