नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यूको अध्यक्षता र प्रदेस मामिला समितिका सभापति एवं प्रदेश सभा सदस्य माननीय माधव प्रसाद पौडेल ज्यू र प्रतिनिधि सभा सदस्य माननीय कृष्णलाल महर्जन ज्यूको आतिथ्यतामा महालक्ष्मी नगरपालिका ललितपुरको सातौं नगर सभा मिति २०७६/११/२८ गते वडा नं १को कार्यालयस्थित सभाहलमा सम्पन्न भएको छ। उक्त नगर सभामा पेस भएका महालक्ष्मी नगरपालिकाको स्वास्थ्य विधेयक २०७६, महालक्ष्मी नगरपालिकाको मानव मलमुत्रीय फोहोर व्यवस्थापन विनियम २०७६ र महालक्ष्मी नगरपालिकाको कर्मचारी प्रोत्साहन मापदण्ड २०७६ सर्वसम्बत रुपमा पारित गरिएको छ। साथै, महालक्ष्मी नगरपालिकाको छैटौं नगरसभाबाट स्वीकृत बजेटको स