आज मिति २०७७/०८/१५ गते नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यू तथा प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटाज्यू लगायतका कर्मचारीहरुबाट यस नगरपालिकाको प्रमुख शिक्षा अधिकृतका रुपमा जिरी नगरपालिकाबाट सरुवा भई आउनुभएका उपसचिव श्री चिरञ्जीवी पौडेलज्यूको स्वागत गरियो ।
आज मिति २०७७/०८/१० गते नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षता, नगर उपप्रमुख श्री निर्मला थापाज्यू, वडा नं १ का अध्यक्ष श्री नन्द कुमार न्यौपानेज्यू र रिसोर्स पर्सन अधिवक्ता श्री रजिता थापा र सबै वडाका महिला जनप्रतिनिधि तथा नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन लैङ्गिक हिंसा विरुद्धको सचेतनामूलक कार्यक्रमको उद्घाटन सत्र सम्पन्न भयो। कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुखज्यू, नगर उपप्रमुखज्यू र वडा अध्यक्षज्यूले लैङ्गिक हिंसाको वर्तमान अवस्था, त्यस्ता गतिविधि रोक्न गरिएका र गरिने कार्यहरु र त्यसमा विभिन्न पक्षहरुको भुमिकाबारे प्रकाश
आज मिति २०७७/०८/१० गते महालक्ष्मी नगरपालिका वडा नं ५ स्थित भिमसेन मार्गको सडक कालोपत्रे कार्यको नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यू, नगर उपप्रमुख श्री निर्मला थापाज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटाज्यू, ५ नं वडाका वडा अध्यक्ष श्री राजकुमार सिलवालज्यू, योजना शाखाका इन्जिनियर लगायत अन्य कर्मचारी तथा जनप्रनिधि र वडावासीहरुद्वारा सो कार्यको अनुगमन गरिएको थियो ।
महालक्ष्मी नगरपालिका ललितपुरको नेतृत्व, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) को सहयोग र स्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा यस नगर क्षेत्रभित्रका कोरोना संक्रमितहरुको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुको २०७७|०६|०२ गते वडा नं ८, लुभुमा PCR Test कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा यस नगर क्षेत्रभित्रका सक्रिय संक्रमितहरुको क्लोज कन्ट्याक्टमा रहेका र incubation period पुरा भएका ४१ जना क्लोज कन्ट्याक्टहरुको थ्रोट तथा नेजल स्वाब नमुना संकलन गरी रीयल टाईम पि. सि. आर. परीक्षण पद्धतिद्वारा परीक्षण गर्नका लागि पाटन हस्पिटल पठाइएको छ ।
महालक्ष्मी नगरपालिका ललितपुरको नेतृत्व, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) को सहयोग र स्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा यस नगर क्षेत्रभित्रका कोरोना संक्रमितहरुको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुको २०७७|०५|२३ गते वडा नं २, इमाडोलमा PCR test कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा यस नगर क्षेत्रभित्रका सक्रिय संक्रमितहरुको क्लोज कन्ट्याक्टमा रहेका र incubation period पुरा भएका ३११ जना क्लोज कन्ट्याक्टहरुको थ्रोट स्वाब नमुना संकलन भएको हो । उक्त संकलित ३११ थ्रोट स्वाब नमुनाहरु रीयल टाईम पि. सि. आर.
मिति २०७७/०५/२४ गते नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यू, KUKL का प्रमुख कार्यकारी अधिकृत श्री मिलन शाक्य, कम्पनी सचिव श्री दिपेन्द्र ओली र HR प्रमुख श्री योगेन्द्र बमको उपस्थितिमा महालक्ष्मी नगरपालिका क्षेत्रभित्र मेलम्ची खानेपानी आयोजना विस्तार एवम् ढल व्यवस्थापन गर्ने सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न भयो ।
महालक्ष्मी नगरपालिका ललितपुरको नेतृत्व, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) को सहयोग र स्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा यस नगर क्षेत्रभित्रका कोरोना संक्रमितहरुको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुको २०७७|०५|१४ गते महालक्ष्मी - १, इमाडोलमा PCR test कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा यस नगर क्षेत्रभित्रका सक्रिय संक्रमितहरुको क्लोज कन्ट्याक्टमा रहेका र incubation period पुरा भएका १३३ जना क्लोज कन्ट्याक्टहरुको थ्रोट स्वाब नमुना संकलन भएको हो । उक्त संकलित १३३ थ्रोट स्वाब नमुनाहरु रीयल टाईम पि. सि. आर.
मिति २०७७/०४/२७ गते नगरप्रमुख श्री रामेश्वर श्रेष्ठज्यू र ५ नं वडाका वडा अध्यक्ष श्री राजकुमार सिल्वालज्यूद्वारा संघीय समपुरक अनुदान अन्तर्गत नगरपालिका र संघीय सरकारको लगानीमा स्वीकृत सुन्दर मार्ग - राधाकृष्ण मार्ग सडक निर्माण कार्यको शिल्यान्यास गर्नुभयो ।
मिति २०७७/०४/२३ गते यस महालक्ष्मी नगरपालिकाका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षता एवम् नगर उपप्रमुख श्री निर्मला थापाज्यूको समुपस्थितिमा हालै लोक सेवा आयोगको खुला प्रतियोगिताबाट नेपाल प्रशासन सेवाको सहसचिव पदमा सिफारिस भई युवा तथा खेलकुद मन्त्रालयमा पदस्थापना हुनु भएका यस नगरपालिकाको प्रमुख शिक्षा अधिकृत पदमा कार्यरत श्री रामवन्धु सुवेदीज्यूको विदाई तथा केही समय पहिले यस नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भई आउनु भएका श्री पुरुषोत्तम सापकोटाज्यूको औपचारिक स्वागत कार्यक्रम सम्पन्न भयो । उक्त स्वागत तथा विदाई कार्यक्रममा नगर प्रमुखज्यू, उपप्रमुखज्यू, प्रमुख प्रशासक