अवीरल वर्षाका कारण यस नगर क्षेत्रभित्र परेका प्रभावहरूको स्थलगत अवलोकन गर्ने कार्यलाई निरन्तरता दिँदै पहिरोको जोखिममा रहेका बस्तीहरुको स्थलगत अवलोकन गर्नु हुँदै नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यू ।

महालक्ष्मी नगरपालिका ललितपुरका नगरप्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले केही दिन देखिको अवीरल वर्षाका कारण यस नगर क्षेत्रभित्र परेका प्रभावहरूको स्थलगत अवलोकन गर्ने कार्यलाई निरन्तरता दिँदै आज ८ र ९ नं वडाका वडा अध्यक्षज्यूहरुको साथमा पहिरोको जोखिममा रहेका बस्तीहरुको स्थलगत अवलोकन गर्नुभयो। उहाँले स्थानीयहरुसँग प्रभावहरूको बारे विस्तृत जानकारी लिनुभई उच्च जोखिममा रहेका स्थान र वस्तीहरूको तत्काल तथा दिर्घकालिन सुरक्षाका लागि पहलकदमी गर्नुभएको छ। साथै, उहाँले सम्पूर्ण नगरबासीहरुलाई वर्षातको समयमा सुरक्षा सतर्कता अपनाउन, कुनै समस्या भएमा नगरपालिका, वडा कार्यालय र नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गर्नुभएको छ।

पुरै एल्बम् हेर्न यहाँ क्लिक गर्नुहोस ।