Unite To Fight Against Corona Virus Covid-19
Unite To Fight Against Corona Virus Covid-19
मिति २०७७/०९ /२१ गते महालक्ष्मी नगरपालिका ललितपुरकाे कृषि विकास शाखाकाे आ.व.२०७७/०७८ काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार दाेश्रो चौमासिक कार्य अवधिकाे "कृषि औजार उपकरण तथा वीउ विजन वितरण कार्यक्रम" नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा नगर उप प्रमुख श्री निर्मला थापाज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटाज्यू, वडा नं ९ का वडा अध्यक्ष श्री बासुदेव शर्मा गौतमज्यू, वडा नं ८ का वडा अध्यक्ष श्री विश्वराज श्रेष्ठज्यू लगाएत कृषि विकास शाखाका शाखा प्रमुख र कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुखज्यूले कृषि क्षेत्रको विकास र विस्तारमा नगरपालिकाले गर्दै आएका र भावी दिनमा गर्ने कार्यक्रमहरू बारे प्रकाश पार्नु भयो। साथै, परम्परागत शैलीमा जीविकोपार्जन गर्ने रुपमा मात्र नभई प्रचलित आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिक कृषि गर्नु आजको आवश्यकता रहेको हुँदा नव कृषि उद्यमी श्रृजना गर्न महालक्ष्मी नगरपालिकाद्वारा सोही प्रकारका कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो। त्यसै गरी कृषि उत्पादनलाई स्थानीय बजारमा नै बजारीकरण तथा उचित व्यवस्थापन गर्न नगरपालिकाले आवश्यक सहयोग तथा सहजीकरण गर्ने उहाँले बताउनुभयो ॥