सूचना प्रविधि शाखासँग प्राय सोधिने प्रश्नहरू

  • यस महालक्ष्मी नगरपालिकाको जनप्रतिनिधिहरुको सम्पर्क विवरण कसरी पाउन सकिन्छ?
    •  महालक्ष्मी नगरपालिकाको आधिकारिक वेवसाइटको नेभिगेसन बारमा रहेको परिचय सेक्सन भित्रको “जनप्रतिनिधि विवरण” मा क्लिक गरी यस नगरपालिकाको सबै जनप्रतिनिधिहरुको सम्पर्क विवरण प्राप्त गर्न सकिन्छ ।अथवा, कुनै web-browser खोलि www.mahalaxmimun.gov.np/ne/elected-officials URL टाइप गरी पनि सो विवरण सजिलै प्राप्त गर्न सकिन्छ ।
  • यस महालक्ष्मी नगरपालिकामा कार्यरत कर्मचारीहरुको सम्पर्क विवरण कसरी पाउन सकिन्छ?
    •  महालक्ष्मी नगरपालिकाको आधिकारिक वेवसाइटको नेभिगेसन बारमा रहेको “परिचय” सेक्सन भित्रको “करमचारीहरु” मा क्लिक गरी यस नगरपालिकाको सबै जनप्रतिनिधिहरुको सम्पर्क विवरण प्राप्त गर्न सकिन्छ । अथवा, कुनै web-browser खोलि www.mahalaxmimun.gov.np/ne/staff URL टाइप गरी पनि सो विवरण सजिलै प्राप्त गर्न सकिन्छ ।
  • यस महालक्ष्मी नगरपलिकाद्वारा प्रकाशित कुनै राजपत्र वेवसाइटमा भए नभएको र यदी भएको भए कसरी हेर्न सकिएला ?
    • महालक्ष्मी नगरपालिका ललितपुरद्वारा प्रकाशित सबै राजपत्रहरु यस नगरपालिकाको वेवसाइटमा रहेको र सोही वेवसाइटको नेभिगेसन बारमा रहेको “सूचना तथा जानकारी” सेक्सन भित्र रहेको “ऐन, कानुन, निर्देशिका” मा गई सबै राजपत्रहरु हेर्न सकिन्छ ।
      अथवा, कुनै web-browser खोलि www.mahalaxmimun.gov.np/ne/ain,  www.mahalaxmimun.gov.np/ne/karyabidhi, https://mahalaxmimun.gov.np/ne/mapdanda, https://mahalaxmimun.gov.np/ne/niyam-biniyam, https://mahalaxmimun.gov.np/ne/nirdeshika,  URLहरु टाइप गरी क्रमै सँग आवश्यकता अनुसार यस नगरपालिकाबाट प्रकाशित ऐनहरु, कार्यविधिहरु, मापदण्डहरु, नियम-विनियमहरु र निर्देशिकाहरु हेर्न र डाउनलोड गर्न सकिन्छ ।
  • यस महालक्ष्मी नगरपालिकाबाट प्रकाशित सूचनाहरू कसरी हेर्न सकिएला ?
    • यस महालक्ष्मी नगरपालिकाको वेबसाइटको गृहपृष्ठमा रहेको सूचना तथा समाचार ब्लकबाट वा वेबसाइटको नेभिगेशन बारमा रहेको “सूचना तथा जानकारी” मेनु भित्रको “सूचना तथा समाचार” सेक्सनमा गएर वा ब्राउजरमा https://mahalaxmimun.gov.np/ne/news-and-notices मा गएर यस नगरपालिकाबाट प्रकाशित सबै सूचनाहरू हेर्न र download गर्न सकिन्छ । त्यसैगरी, नगरपालिकाबाट प्रकाशित सूचानहरू नगरपालिकाको आधिकारिक फेसबुक पेज facebook.com/mahalaxmimun मा समेत प्रकाशन गरिन्छ ।