आज मिति २०७७/०८/१० गते नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षता, नगर उपप्रमुख श्री निर्मला थापाज्यू, वडा नं १ का अध्यक्ष श्री नन्द कुमार न्यौपानेज्यू र रिसोर्स पर्सन अधिवक्ता श्री रजिता थापा र सबै वडाका महिला जनप्रतिनिधि तथा नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन लैङ्गिक हिंसा विरुद्धको सचेतनामूलक कार्यक्रमको उद्घाटन सत्र सम्पन्न भयो। कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुखज्यू, नगर उपप्रमुखज्यू र वडा अध्यक्षज्यूले लैङ्गिक हिंसाको वर्तमान अवस्था, त्यस्ता गतिविधि रोक्न गरिएका र गरिने कार्यहरु र त्यसमा विभिन्न पक्षहरुको भुमिकाबारे प्रकाश