महालक्ष्मी नगरपालिकाका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यूको अध्यक्षतामा महालक्ष्मी नगरपालिकामा कार्यरत स्वस्थ्यकर्मीहरुलाई डा. रमेश कुमार महर्जन (MBBS, MD GP, DM Emergency Medicine) द्वारा कोरोना भाईरस (COVID-19) सम्बन्धी Advanced Training सम्पन्न भयो। सो कार्यक्रममा स्वास्थयकर्मीहरुले अपनाउनु पर्ने सुरक्षाका उपायहरु, COVID-19 का लक्षण र रोकथामका उपायहरु, आपत्कालिन अवस्थामा स्वास्थ्य कर्मीहरुको भुमिका र परिचालित हुने तरिका लगाएताका विषयमा डा. रमेश कुमार महर्जन ज्यूले प्रशिक्षण दिनु भयो। साथै, उहाँले उपलब्द स्रोत र साधन प्रयोग गरी कसरी PPE बनाउन सकिन्छ भन्ने जानकरी पनि दिनुभयो।