३१ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा “बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा” भन्ने नाराका साथ आज मिति २०७८ असोज १४ गते नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षतामा “ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य सेवा शुभारम्भ कार्यक्रम” सम्पन्न भयो । उपस्थित ज्येष्ठ नागरिकमध्ये सबैभन्दा ज्येष्ठ श्री हेमकुमारी विष्टको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापाज्यू, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, वडा नं १, २, ३, ५, ६, ८ र ९ का वडा अध्यक्षहरू, कार्यपालिका सदस्य र नगरसभा सदस्यहरू, प्रमुख शिक्षा अधिकृत चिरञ्जीवी पौडेलसहित नगरपालिका