कोभिड

नयाँ भेरियन्ट सहितको कोभिड-१९ः सचेत र सजग रहन महालक्ष्मी नगरपालिकाको अपिल ।

मितिः २०७८/०१/१३

नयाँ भेरियन्ट सहितको कोभिड–१९ : सचेत र सजग रहन अपिल
 

नयाँ भेरियन्ट सहितको कोभिड–१९ महामारी देशभर फैलिरहेकाले यसबाट सचेत र सजग रहन नगरबासी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक अपिल गर्दछु । छिमेकी भारतमा नयाँ भेरियन्ट सहितको कोभिड–१९ सामान्य भाइरसभन्दा ७० प्रतिशत बढी संक्रामक रहेको चिकित्सकहरुको अनुसन्धानबाट पुष्टि भएको बताइएको छ । मृत्युदरका हिसाबले पनि ‘नयाँ भेरियन्ट’ पहिलेको भन्दा घातक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । नयाँ प्रजातिको भाइरसको जोखिम बढिरहेकाले सचेत र सजग रहँदै निम्न सावधानीहरु अपनाउन नगरबासीमा अपिल गर्दछु ।

१. आफू पनि संक्रमित हुन सक्छु ठानेर स्वास्थ्य सावधानी, सजगता अपनाउनुहुन ।

२. स्वास्थ्यका न्यूनतम मापदण्डहरु (भौतिक दूरी कायम गर्ने, भीडभाडमा नजाने, नियमित साबुन पानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्ने, सही तरिकाले मास्कको नियमित प्रयोग गर्ने) अनिवार्यरुपमा पालना गर्न गराउनुहुन ।

३. शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)मा भौतिक रुपमा उपस्थित नभई भर्चुअल माध्यमबाट वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्नुहुन ।

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

निर्णय कार्यान्वयन गर्नु गराउनुहुन (श्री सामुदायिक, संस्थागत र गुठीद्वारा सञ्चालित विद्यालयहरू सबै र पूर्व प्राथमिक समेत)

श्री सबै सामुदायिक, संस्थागत तथा गुठीद्वारा सञ्चालित विद्यालयहरु (पूर्व प्राथमिक विद्यालयहरुसमेत),

महालक्ष्मी नगरपालिका, ललितपुर । 

प्रस्तुत विषयमा कोभिड १९ को दोस्रो चरणको सङ्क्रमण बढ्दै गइरहेको र यसले प्रभावित हुनेको सङ्ख्यामा विशेषत बालबालिकाहरुको सङ्क्रमण बढ्दो गतिमा देखिएकोले नगर शिक्षा समितिको मिति २०७८/०१/०५ को निर्णयानुसार भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने/नगर्ने सन्दर्भमा निम्न बमोजिमको निर्णय भएकोले उक्त निर्णय कार्यान्वयन गर्नु गराउनुहुन अनुरोध छ । 

 निम्न

१.      मिति २०७८/०१/०६ गतेबाट बैसाख मसान्तसम्म विद्यालयहरु भौतिक रुपमा कक्षा सञ्चालन नगरी अन्य वैकल्पिक माध्यमबाट शिक्षण गर्ने ।

२.     कक्षा ८ र १० पूर्व निर्धारित Pre-Test स्वास्थ्य सुरक्षाका सबै मापदण्ड कडाइकासाथ पालना गरेर मिति २०७८/०१/१५ भित्रमा सम्पन्न गर्नुपर्ने ।

३.     स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेको/नगरेको सम्बन्धमा यस कार्यालयबाट नियमित अनुगमन निरीक्षण हुनेछ ।

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

आइसोलेसनमा बसेको सिफारिस सम्बन्धी सूचना ।

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

महालक्ष्मी-नगरपालिका-ललितपुरको-कोभिड-१९-संक्रमण-सम्बन्धी-संक्षिप्त-जानकारी-२०७७-०६-३०

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

कोभिड -१९ संक्रमित विरामहरुका लागि एम्बुलेन्स सेवासम्बन्धी अत्यन्त जरुरी सूचना ।

Pages