०७८/७९

मौजुदा सूचीमा दर्ता हुन आउने बारेको सूचना | प्रकाशित मितत २०७८ ०६ ०४

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

नगर प्रमुखज्यूबाट नगर प्रहरीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुहुँदै ।

मिति २०७८ असोज १ गते यस महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षतामा नव नियुक्त नगर प्रहरीका लागि सञ्चालित ३० दिने आधारभूत तालिमको दीक्षान्त तथा समापन समारोह सम्पन्न भयो । उक्त कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापाज्यू, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, वडा नं १ देखि १० का वडाअध्यक्षज्यूहरू, कार्यपालिका सदस्य, वडा नं ९ का सदस्यहरू, महानगरीय प्रहरी प्रभाग इमाडोल र लुभुका प्रभाग प्रमुखहरू , नगरपालिकाका शाखा प्रमुखसहित अन्य कर्मचारीहरू, तालिमका सहजकर्ता, शिक्षक प्रतिनिधि, सहित बुद्धीजिवी र समजसेवीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन प्रमुख शिक्षा अधिकृत चिरञ्जीवी पौडेलले गर्नुभएको थियो ।

माननीय मन्त्री श्री पम्फा भुसाललाई महालक्ष्मी नगरपालिकाभित्रका स्तरोन्नति गरिने सडकका विद्युतका पोल व्यवस्थापन सम्बन्धी अनुरोध पत्र पेस गर्नुहुँदै नगरप्रमुखज्यू ।

मिति २०७८ भाद्र ३१ गते उर्जा जलस्रोत तथा संचाइ मन्त्रालयमा माननीय मन्त्री श्री पम्फा भुसालज्यूलाई नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले आर्थिक वर्ष २०७८/७९ मा यस नगरपालिका भित्रका सडक स्तरोन्नतीसहित कालोपत्रे गरिने सडकहरूमा रहेका विद्युतका पोल व्यवस्थापनका लागि आवश्यक बजेट व्यवस्थापन तथा सहजीकरण गर्न अनुरोध गर्नुहुँदै सोही सम्बन्धी पत्रसमेत माननीय मन्त्रीज्यूलाई पेस गर्नु भयो ।

अन्तर्राष्ट्रिय साक्षारता दिवसको अवसरमा सिद्धिपुर र सिद्धिगणेश सा सि केलाई ICT सामग्री हस्तारन्तरण कार्यक्रम

नगरप्रमुख युवा उद्यमशीलता विकास कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिहरूका लागि सूचीकृत हुन आउने बारेम्याद थप सम्बन्धी सूचना । २०७८ भाद्र २८

Pages