Submitted on: Tue, 07/14/2020 - 10:37
जिम्मेवार अधिकारी:
सडक तथा पूर्वाधार विकास शाखा प्रमुख
सेवा दिने कार्यालय:
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
आवश्यक कागजातहरु:
- योजना तथा कार्यक्रम सम्झौताको लागि व्यहोरा खुलेको निवेदन
- स्वीकृत लागत अनुमान
- वडा कार्यालयको योजना सम्झौता गरिदिने वारेको सिफारिस
- सरोकारवाला उपभोक्ताहरुको भेलाबाट निर्वाचित पदाधिकारीको रोहवरमा भएको उपभोक्ता समिति/अनुगमन समिति गठनको निर्णयको प्रतिलिपी
- संघ संस्था, समूह, क्लब, समिति आदि जस्ता आधिकारिक संस्थाद्वारा कार्यान्वयन गरिने योजना भए सोही समितिको आधिकारिक निर्णयको प्रमाणित प्रतिलिपी
- समितिका पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- उपभोक्ता समितिबाट सम्झौता तथा खाता सञ्चालनको लागि जिम्मेवार पदाधिकारी तोकेको उपभोक्ता समितिको निर्णय
- आयोजना कार्यन्वयनको कार्यतालिका
- जन सहभागिता बापतको रकम नगरपालिकाको खातामा जम्मा गरेको सक्कल बैंक भौचर
- समितिका पदाधिकारीहरुले नागरपालिकालाई बुझाउनु पर्ने कर, शुल्क, दस्तुर बुझाएको प्रमाण
- भौतिक पूर्वाधार वाहेक अन्य कार्यक्रमको लागि कार्यक्रम प्रस्ताव