महालक्ष्मी नगपालिका ललितपुरको नगरसभाको दसौं अधिवेशन २०७८ असार ८ गते बाट सुभारम्भ भयो ।

आज मिति २०७८/०३/०८ गते महालक्ष्मी नगपालिका ललितपुरको दसौं नगरसभाको सुभारम्भ भयो । आज बसेको नगरसभाको बैठकमा नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूबाट पेस भएको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सभाबाट सर्वसम्मतिले पारित भएको छ । त्यसैगरी आजै उपप्रमुख श्री निर्मला थापाज्यूले आर्थिक वर्ष २०७८/७९ को वार्षिक राजश्व तथा व्ययको अनुमान (बजेट) र न्यायिक समितिको प्रतिवेदन २०७८ सभा समक्ष पेस गर्नु भएको छ । त्यसैगरी सभा सदस्य श्री लक्ष्मण रोक्काज्यूले आर्थिक विधेयक २०७८ सभा समक्ष पेस गर्नु भएको छ । सभाको आगामी बैठक मिति २०७८ असार १० गते ११ बजे बस्ने गरी बोलाइएको छ ।

आजको बैठकमा बागमती प्रदेशका प्रदेश मामिला समितिका सभापति एवम् प्रदेश सभा सदस्य मा. माधवप्रसाद पौडेलज्यूको आतिथ्यता रहेको थियो ।