केहि दिन देखिको अवीरल वर्षाका कारण यस महालक्ष्मी नगरपालिका ललितपुर विभिन्न वडा भएर बग्ने नदीहरु गोदावारी, हनुमन्ते र कर्मनाशा खोलामा पानीको सतह वृद्धि भई क्षतिसमेत गरेकाले नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले वडा अध्यक्षज्यूहरुसँगको सहकार्यमा स्थलगत अवलोकन गर्नु भई स्थानीय वासीहरुसँग छलफल गरी क्षतिग्रस्त पुलहरुको पुनः सञ्चालनका लागि सम्बन्धित निकायमा पहलकदमी गर्नुभयो ।