महालक्ष्मी नगरपालिका,ललितपुरको आधिकारिक वेबसाईटमा तपाईलाई स्वागत छ ।

समाचार (Flash News)

संक्षिप्त परिचय

महालक्ष्मी नगरपालिका

पृष्ठभूमि

संघीय नेपालको बागमति प्रदेश अन्तर्गत काठमाडौं उपत्यकाको प्रसिद्ध तीन जिल्लाहरुमध्ये ललितपुर जिल्लाको उत्तर पूर्व तर्फ महालक्ष्मी नगरपालिका अवस्थित छ । साविकका ५ गाविसहरु - ईमाडोल, टिकाथली, सिद्धिपुर, लुभु र लामाटार समेटेर मिति २०७१ मंसिर १६ बाट यो नगरपालिका बनेको हो । ऐतिहासिक रुपमा हेर्दा पुरानो लुभु र सिद्धिपुर जस्ता साना शहरहरु नेवार संस्कृतिको नमुनाको रुपमा रहेका छन् । त्यसैगरी ईमाडोलमा रहेको अशोक स्तुपा, लुभुमा रहेको महालक्ष्मीको मन्दिर यस नगरका सम्पदा हुन् ।

नामाकरण

यस महालक्ष्मी नगरपालिकाको हालको वडा नं. ८, लुभुमा रहेको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको महालक्ष्मी मन्दिरको नामबाट यस नगरको नामाकरण गरिएको छ । जनश्रुतिअनुसार प्राचिन कालमा श्रीपार्वतीले चतुषष्ठि लिङ्ग यात्राका क्रममा गौश्रृङ्ग तीर्थमा स्नान गरी गोभ्राटेश्वर देगः  महादेवको दर्शन गरेको, श्रृङ्ग ऋषिले सिस्नेरी गुफामा बसेर तपस्या गर्दा श्रीमहालक्ष्मी र श्रीभैरवको उत्पत्ति गुण्डुमा भई पछि साधना गरेर ल्याई देविस्थानमा स्थापना गरेको र फेरि लुभुको लाछीमा स्थापना गरिएको बताइन्छ । अर्को जनश्रुतिअनुसार घाँसीहरु घाँस काट्न हालको देवीस्थान चौरमा पुग्दा धेरै देवदेवीहरु पङ्क्तिबद्ध रूपमा उभिएर नृत्य गरिरहेको देखेपछि सो दृश्य हेर्न गाउँलेहरुलाई बोलाए तर गाउँले त्यहाँ पुग्दा देवताहरु ढुङ्गाको मुर्तिमा परिणत भएका थिए । त्यसपछि गाउँलेले ती ढुङ्गाका मुर्तिहरुलाई श्रीमहालक्ष्मी र आकाशभैरव गणका रूपमा पूजा गरी आफ्नो ईष्टदेवीको रूपमा अर्चना गरेको पाइन्छ । महालक्ष्मी मन्दिर उपत्यकाका नौ वटा शक्तिपीठ मध्येको एक रहेको छ। महालक्ष्मी मन्दिरभित्र नेपाल सम्वत् ८४७ मा राखिएको ताम्रपत्रले यो मल्लकालीन धार्मिक महत्वको स्थल रहेको प्रष्ट पार्छ । महालक्ष्मीलाई ऐश्वर्य र समृद्धिकी देवीको रूपमा मानिने भएकोले नगर पनि ऐश्वर्य र समृद्धिले भरिभराउ होस् भन्ने उद्देशयले यस नगरपालिकाको नाम महाक्ष्मी नगरपालिका राखिएको देखिन्छ ।

अवस्थिति (सिमाना)

करिब २६.५ वर्ग कि.मी. मा पूर्व-पश्चिम लाम्चो आकारमा फैलिएको यो नगरपालिका पूर्वमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका, दक्षिण र पश्चिममा ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकासँगको सिमाना कर्मनाशा खोलाले छुट्याएको, उत्तरमा भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिकासँग जोडिएको छ । काठमाडौं उपत्यका प्रवेश गर्ने वैकल्पिक मार्गको रूपमा विकास हुँदै गरेको ग्वार्को-लुभु-लामाटार-मानेदोभान-पनौति हुदै वि. पि. लोकमार्गको नेपालथोक जोड्ने सडक यस नगरपालिकाको करिब मध्य भाग भएर गएको कारणले पनि यस नगरपालिकाको विकासको अधिक सम्भावना रहेको छ ।

थप विवरण

 

 

Building footprint र GPS coordinate लिन सहयोग गरिदिने सम्बन्धमा

समुदायिक कुकुरको बन्ध्याकरण तथा एन्टी रेविज खोप कार्य संचालन गर्ने सम्बन्धी सूचना प्रकाशित मिति २०८१/१०/२५

Notice For Letter Of Intent (LOI) Fist date of publication 6th feburary 2025

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

पी.पी.आर. रोग विरुद्ध खोप लगाउने सम्बन्धि सूचना प्रकाशित मिति २०८१/१०/२३

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

एच.पी.भी. खोप अभियान २०८१ सम्बन्धि सूचना प्रकशित मिति २०८१/१०/२०

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

Pages