२०७८ वैशाख १० गते तानसेन नगरपालिका, पाल्पाका वडा नं १०का वडा अध्यक्षज्यूको नेतृत्वमा आएको टोलिसँग यस महालक्ष्मी नगरपालिका ललितपुरले तयार गरी लागु गरेको स्थानीय पाठ्यक्रम निर्माणका अनुभव एवम् यसको प्रभावकारीताका विषयमा छलफल कार्यक्रम सम्पन्न भयो । छलफलका क्रममा यस नगरपालिकाको स्थानीय पाठ्यक्रम, पाठ्यपुस्तक, Practical Manual Guide Book निर्माणको अनुभव, भोगाई, सिकाई एवम् उपलब्धीका बारेमा नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले सविस्तार जानकारी गराउनु भयो । छलफल कार्यक्रममा तानसेन नगरपालिकाबाट आउनु भएका प्रतिनिधि मण्डलका सदस्यहरूले यस महालक्ष्मी नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रम उत्कृष्ट
मिति २०७८ बैशाख ४ गते महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा महालक्ष्मी नगरपालिका ललितपुरको आयोजना र चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो एकेडेमीको व्यवस्थापनमा “प्रथम महालक्ष्मी मेयर कप तथा राष्ट्रिय जुनियार (आई.टि.एफ) तेक्वान्दो प्रतियोगिता २०२१” समपन्न भयो । प्रतियोगितामा विभिन्न प्रदेश बाट ३०० भन्दा बढी खेलाडी कोच, अफिसियलहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सभापतित्व चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो का अध्यक्ष बिकास के.सी.ले गर्नु भएको थियो भने महालक्ष्मी नगरपालिकाका नगर उप-प्रमुख श्री निर्मला थापाज्यूको विशेष आतिथ्यता, महालक्ष्मी नगरपालि
मिति २०७७/१०/०८ गते नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षतामा “नगर प्रमुख युवा उद्यमशीलता विकास अभिमुखीकरण कार्यक्रम” वडा नं ८ को खानेपानीको सभाहलमा सम्पन्न भयो। सो कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापाज्यू, वडा नं ८ र ९ का वडा अध्यक्षज्यूहरुसहित अन्य जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटा, प्रमुख शिक्षा अधिकृत श्री चिरञ्जीवी पौडेल, राष्ट्रिय वाणिज्य बैंक, लुभु शाखाको शाखा प्रबन्धक श्री भावना फुयाल र वडा नं ८ र ९ का नगर प्रमुख युवा उद्यमशीलता विकास कार्यक्रममा आवद्ध हुन इच्छुक ३४ सहभागीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको नगर प्रमुखज्यूबाट उद्घाटन भ
महालक्ष्मी नगरपालिका ललितपुरका नगरप्रमुख श्री रामेश्वर श्रेष्ठज्यूबाट वडा नं ४ को अफल टोल LA स्कुल नजिक ढलान कार्यको शुभारम्भ गर्नुभयो। सो कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापाज्यू, ४ नं वडाका वडा अध्यक्ष श्री लक्ष्मण रोक्काज्यू लगायतका जनप्रतिनिधिहरु, समाजसेवी तथा स्थानीय वडावासीहरुको उपस्थिति रहेको थियो।
मिति २०७७/१०/३० र २०७७/११/०१ गते यस महालक्ष्मी नगरपालिका ललितपुरको आयोजनामा "समुदायमा आधारित बालसमूहका प्रतिनिधिहरूलाई दुई दिने क्षमता विकास कार्यक्रम" सम्पन्न भयो।
मिति २०७७/१०/१९ गते नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षतामा “नगर प्रमुख युवा उद्यमशीलता विकास अभिमुखीकरण कार्यक्रम” वडा नं १०, लाँकुरीभञ्ज्याङ स्थित श्री बासुकी मा.वि.मा सम्पन्न भयो। सो कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापाज्यू, वडा नं ८, ९ र १० का वडा अध्यक्षज्यूहरुसहित अन्य जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटा, राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी श्री वेद लावती र वडा नं १० बाट नगर प्रमुख युवा उद्यमशीलता विकास कार्यक्रममा आवद्ध हुन इच्छुक ३५ सहभागीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको नगर प्रमुखज्यूबाट उद्घाटन भएको थियो।
मिति २०७७ माघ १६ गते महालक्ष्मी नगरपालिका, ललितपुरका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षतामा यस नगरपालिकाद्वारा निर्माण गरिएको कक्षा १ र ८ को स्थानीय पाठ्यपुस्तक “हामी र हाम्रो महालक्ष्मी”विमोचन तथा वितरण शुभारम्भ समारोह सम्पन्न भयो । सो कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापाज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटा, प्रमुख शिक्षा अधिकृत श्री चिरञ्जीवी पौडेल, नगर शिक्षा समितिका सदस्यहरू, सामुदायिक, गुठीद्वारा सञ्चालित र निजि विद्यालयका प्र.अ.हरूको उपस्थिति रहेको थियो र कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत श्री सुनिता योङहाङले गर्नुभएको थियो ।
२०७७ माघ ८ गतेका दिन महालक्ष्मी नगरपालिका वडा नं ८ मा सञ्चालित श्री महालक्ष्मी एकेडेमी र श्री वेष्ट विङ्ग माध्यामिक विद्यालयको महालक्ष्मी नगरपालिकाका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको नेतृत्वमा संयुक्त अनुगमन सम्पन्न भयो । विद्यालय अनुगमनको दौरान नगर प्रमुखज्यूले विद्यार्थीहरूसँग अनलाइन माध्यमबाट भएका शिक्षण सिकाइप्रति उनीहरुको अनुभव, कोभिड-१९ संक्रमणबारे उनीहरूको बुझाइ र आगामी दिनमा अपनाउनु पर्ने सावधानी जस्ता विषयमा छलफल गर्नुका साथै विद्यार्थीहरूमाझ उहाँको कोभिड-१९ को संक्रमण अनुभव बारे प्रकाश पार्नुभएको थियो। सो अवसरमा कोभिड १९ को महामारी पछि भौतिकरुपमा विद्यालय सञ्चालन सुरुभएको अ
मिति २०७७/१०/०७ गते नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षतामा “नगर प्रमुख युवा उद्यमशीलता विकास अभिमुखीकरण कार्यक्रम” सम्पन्न भयो। वडा नं १ को सभाहलमा आयोजित सो कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापाज्यू, वडा नं १, २, ४ र ६ का वडा अध्यक्षज्यूहरुसहित अन्य जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटा, प्रमुख शिक्षा अधिकृत श्री चिरञ्जीवी पौडेल, राष्ट्रिय वाणिज्य बैंकका प्रतिनिधि श्री राजन घिमिरे र लुभु रा. वा.