मिति २०७७ माघ १६ गते महालक्ष्मी नगरपालिका, ललितपुरका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षतामा यस नगरपालिकाद्वारा निर्माण गरिएको कक्षा १ र ८ को स्थानीय पाठ्यपुस्तक “हामी र हाम्रो महालक्ष्मी”विमोचन तथा वितरण शुभारम्भ समारोह सम्पन्न भयो । सो कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापाज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटा, प्रमुख शिक्षा अधिकृत श्री चिरञ्जीवी पौडेल, नगर शिक्षा समितिका सदस्यहरू, सामुदायिक, गुठीद्वारा सञ्चालित र निजि विद्यालयका प्र.अ.हरूको उपस्थिति रहेको थियो र कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत श्री सुनिता योङहाङले गर्नुभएको थियो ।