आज मिति २०७७/०४/१६ गते यस महालक्ष्मी नगरपालिकाका नगरप्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षता, नगर उप-प्रमुख श्री निर्मला थापाज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटाज्यू र ENPHO, GGGI र Eco Concernका प्रतिनिधिहरुको उपस्थितिमा यस नगर क्षेत्रको खानेपानी तथा सरसफाई क्षेत्र विकासमा यस नगरपालिकाको नेतृत्वमा ENPHO, GGGI र Eco Concernको सहकार्यका लागि रणनीतिक फ्रेमवर्कमा अन्तरक्रिया र हस्ताक्षर कार्यक्रम सम्पन्न भयो। सो कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुखज्यूले परिणाममुखि कार्यसम्पन्नतालाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने विषयमा जोड दिनुभयो।
मिति २०७७/०४/१३ गते यस महालक्ष्मी नगरपालिकाका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षता र नगर उपप्रमुख श्री निर्मला थापाज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटाज्यूको उपस्थितिमा यस नगरपालिका अन्तर्गतको केस इन्भेस्टिगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ टिमले (CICTT) हालसम्म यस नगर क्षेत्रभित्रका कोभिड -१९ संक्रमितहरु र संक्रमितहरुको कोल्ज तथा क्याज्युल कन्ट्याक्टहरुको व्यवस्थापनमा भए गरेका कार्य तथा गतिविधिहरु सम्बन्धी प्रस्तुतिकरण सम्पन्न भयो । सो कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुखज्यूले हालसम्म यस नगर क्षेत्रभित्र देखिएका कोभिड-१९ संक्रमणका विरामीहरुको उपचार पश्चात स्वास्थ्
महालक्ष्मी नगरपालिका ललितपुरका नगरप्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले केही दिन देखिको अवीरल वर्षाका कारण यस नगर क्षेत्रभित्र परेका प्रभावहरूको स्थलगत अवलोकन गर्ने कार्यलाई निरन्तरता दिँदै आज ८ र ९ नं वडाका वडा अध्यक्षज्यूहरुको साथमा पहिरोको जोखिममा रहेका बस्तीहरुको स्थलगत अवलोकन गर्नुभयो। उहाँले स्थानीयहरुसँग प्रभावहरूको बारे विस्तृत जानकारी लिनुभई उच्च जोखिममा रहेका स्थान र वस्तीहरूको तत्काल तथा दिर्घकालिन सुरक्षाका लागि पहलकदमी गर्नुभएको छ। साथै, उहाँले सम्पूर्ण नगरबासीहरुलाई वर्षातको समयमा सुरक्षा सतर्कता अपनाउन, कुनै समस्या भएमा नगरपालिका, वडा कार्यालय र नजिकको प्रहरी कार्यालयमा सम्पर्क
केहि दिन देखिको अवीरल वर्षाका कारण यस महालक्ष्मी नगरपालिका ललितपुर विभिन्न वडा भएर बग्ने नदीहरु गोदावारी, हनुमन्ते र कर्मनाशा खोलामा पानीको सतह वृद्धि भई क्षतिसमेत गरेकाले नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले वडा अध्यक्षज्यूहरुसँगको सहकार्यमा स्थलगत अवलोकन गर्नु भई स्थानीय वासीहरुसँग छलफल गरी क्षतिग्रस्त पुलहरुको पुनः सञ्चालनका लागि सम्बन्धित निकायमा पहलकदमी गर्नुभयो ।
मिति २०७७/०३/२७ गते महालक्ष्मी नगरपालिका ललितपुरको नेतृत्व र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) को संयोजकत्वमा यस नगरपालिका क्षेत्रमा देखिएका कोरोना संक्रमितहरुको Closed Contacts अर्थात् नजिकी समपर्कमा रहेका ७४ व्यक्तिहरुको लुभु प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना परीक्षणका लागि थोर्ट स्वाब संकलन कार्यक्रम सम्पन्न भएको छ ।
त्यसैगरी कोरोना संक्रमण समुदायस्तरमा भए नभएको जाँच गर्नका लागि लुभुमा यस नगरपालिकाको विभिन्न वडाहरुका जम्मा १३९ व्यक्तिहरुको स्वाब संकलन गरिएको छ ।
मिति २०७७/०३/१० गते प्रतिनिधि सभा सदस्य मा. कृष्णलाल महर्जनज्यूको प्रमुख आतिथ्यता र बागमती प्रदेशका प्रदेश मामिला समितिका सभापति एवम् प्रदेश सभा सदस्य मा. माधवप्रसाद पौडेलज्यूको विशेष आतिथ्यता र नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षतामा महालक्ष्मी नगरपालिका ललितपुरको आठौं नगरसभाको पाचौं बैठक सम्पन्न भयो । सो बैठकमा नगर उपप्रमुख श्री निर्माला थापाज्यूद्वारा प्रस्तुत आ.व.
मिति २०७७/०३/०९ गते महालक्ष्मी नगरपालिका ललितपुरको आठौं नगरसभाको तेस्रो र चौथो बैठक सम्पन्न भएको थियो । नगर उपप्रमुख श्री निर्मला थापाज्यूको अध्यक्षतामा बसेको पहिलो बैठकमा नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले पेस गर्नुभएको महालक्ष्मी नगरपालिकाको आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम निर्णयार्थ पेस भई सर्वसम्मतिले पास भयो । त्यसै गरी नगर प्रमुखज्यूको अध्यक्षतामा बसेको दोस्रो बैठकमा नगर उपप्रमुखज्यूले आ.व २०७७/०७८ को आय व्यय विवरण (बजेट) र महालक्ष्मी नगरपालिकाको आर्थिक विधेयक, २०७७ सभा समक्ष पेश गर्नुभयो ।
मिति २०७७/०३/०८ गते बागमती प्रदेशका प्रदेश मामिला समितिका सभापति एवम् प्रदेश सभा सदस्य मा. माधवप्रसाद पौडेलज्यूको प्रमुख आतिथ्यमा महालक्ष्मी नगरपालिका ललितपुरको आठौं नगरसभाको पहिलो र दोस्रो बैठक सम्पन्न भएको छ । नगर उपप्रमुख श्री निर्मला थापाज्यूको अध्यक्षतामा बसेको पहिलो बैठकमा नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले महालक्ष्मी नगरपालिकाको आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । त्यसै गरी नगर प्रमुखज्यूको अध्यक्षतामा बसेको दोस्रो बैठकमा नगर उपप्रमुखज्यूले महालक्ष्मी नगरपालिकाको न्यायिक समितिको वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।
मिति २०७७/०२/२६ गते महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यूको अध्यक्षता, नगर उपप्रमुख श्री निर्मला थापा ज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटा ज्यूको उपस्थितिमा हालसम्म अद्यावधिक गरिएको विदेशबाट यस नगर क्षेत्र भित्र फर्किएका व्यक्तिहरुको GIS प्रविधिबाट म्यापिङ गरिएको विवरणहरुको प्रस्तुतिकरण र अध्ययन कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा आगामी दिनहरुमा सम्भाव्य सस्पेक्ट् म्यापिङ, कन्ट्याक्ट ट्रेसिङ र ट्रयाकिङ प्रभाकारी रुपमा अगाडि बढाउन गर्नुपर्ने कार्यहरुमाथि छलफल गरियो ।